2026-09-13 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने दुई विदेशीसहित ५ जना दाङबाट पक्राउ

बैशाख ११, दाङ | बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक  सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका हुन् । 

उनीहरुका साथबाट बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा बाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले बताए । 

अमेरिकी महिलाको राहदानी रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौँलाई चिठ्ठी लेखेको उनले जानकारी दिए । 

गाउँमा धर्म प्रचार गर्ने र मानिसलाई आर्थिक तथा उपचारको प्रलोभन देखाई धर्म परिवर्तन गराउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । केही दिनअघि दुई जापानी महिलालाई पनि धर्म प्रचारमा हिँडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन