२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुटल, पठाओलाई ऐनमा समेटिँदै

२०७६, १७ जेष्ठ शुक्रबार ११:४७

जेठ १७, काठमाडौँ । सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन । 

यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ती सवारीले यात्रुलाई सुविधा दिए पनि सुरक्षाका हिसाबले ढुक्क हुन नसकिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार हाल सञ्चालनमा रहेका यी दुई सेवा प्रदायक संस्थाले सुरक्षाको दाबी गरे पनि आश्वस्त हुन नसकिएकाले कानून बनाउन लागिएको हो । दुर्घटनाको क्षतिपूर्ति, यात्रुको बीमालगायतका विषय ऐनले समेट्ने उहाँले जानकारी दिनुभयो । 

“अहिले छिटो गन्तव्यमा पु¥याउने भएकाले लोकप्रिय साधन बनिरहेको छ”, उहाँले भन्नुभयो, “ऐनले नै यात्रुको सुरक्षाका केही आधार बनाएपछि त्यसकै आधारमा सरकारले नियमन गर्न सक्छ ।” नेपालमा रातो नम्बर प्लेटका र दुईपाङ्ग्रे सवारी साधनले सार्वजनिक सवारीले जसरी भाडा लिएर यात्रु बोक्न नमिल्ने भन्दै केही समय पहिले मन्त्रालयले रोक लगाएको थियो । 

केही महीना पहिले ट्राफिक प्रहरीले विभिन्न स्थानमा छड्के जाँच र कारवाही थाले पनि अहिले ती सवारी नियमित सञ्चालनमा छन् । धेरैले ती सेवा प्रदायकलाई बन्द नगरी नियमन गर्नुपर्ने बताउँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह