Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक काटिँदै

२०७६, २४ असार मंगलवार १३:२१

 असार २४, डोटी  । जिल्लामा केही समय यतादेखि वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै धमाधम सडक निर्माण भइरहेका छन् । विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन नगरेरै सडक बनाउने होडबाजी नै चलेको छ । 

वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै जिल्लामा धमाधम सडक निर्माण हुँदा जोखिम बढाएको पूर्वीचौकी गाउँपालिका चैकोटका चक्रबहादुर कठायतले बताउनुभयो । जिल्लाका केआईसिंह,  बोगटान, बडीकेदार, आदर्श, सायल, पूर्वीचौकी, जोरायललगायतका गाउँपालिकामा यो वर्ष शुरु गरेका दर्जनौँ ग्रामीण सडकको वातावरणीय प्रभाव मूल्याङ्कन नगरिएको स्थानीयवासी बताउँछन् । 

चुनावमा गरिएका बाचा पूरा गर्ने नाममा जनप्रतिनिधिले मापदण्डविपरीत जिल्लाभरी वन क्षेत्रमा निर्बाध रुपमा सडक बनाइरहेका केआईसिंहका स्थानीय शेरबहादुर ऐरले बताउनुभयो ।

वरपरका बस्तीलाई नै जोखिम पार्ने गरी सडक निर्माण गरिए पनि जनप्रतिनिधिका अगाडि कसैले पनि केही गर्न नसकेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीले बताउनुभयो ।

विस्तृत योजना प्रतिवेदनको नाममा लागत अनुमान, लाभान्वित घरधुरी, कूल खर्च, सडकको चौडाइ र लम्बाइको अध्ययन गरिएको छ । तर वन क्षेत्रमा कुनै पनि विकास निर्माण गर्दा वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने प्रावधान रहे पनि उक्त नियमको भने खिल्ली उडाइएको वन कर्मचारीको आरोप छ । 

केआईसिंह गाउँपालिकाका इञ्जिनियर पुष्पकमल उपाध्यायले वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक निर्माण गरेको स्वीकार गर्नुभयो । वन क्षेत्रमा जथाभावी सडक निर्माण गर्ने होडबाजी नरोकिए ठूलो जोखिमको सम्भावना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत शम्भुप्रशाद आचार्यको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश