Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी हुन् विश्वकै महँगा पाँच रक्सी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ५, काठमाडौं । रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् ताकि उनीहरुको रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सी पनि हुन्छन् ।

१. टकिला ले ९२५ः

जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हिरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर, यो रक्सी हालसम्म कसैले पनि किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्न नै कठिनाइ परेको छ ।

२. अममांड डी ब्रिगनेक मिडासाः

यसलाई विश्वकै सर्वाधिक महँगो स्याम्पियनमध्ये एक मानिएको छ । यसको बोतलको ठूलो आकार उच्च मूल्यको ठूलो कारण मानिएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँभन्दा पनि बढी छ ।

३. डिभा भोड्काः

यसको स्वाद नङ–पालिसको जस्तो आउँछ । यसको बोतलभित्र स्वरोस्कीको क्रिस्टल राखिएको हुन्छ । यी क्रिस्टलहरुलाई पेयमा मिलाएर पनि पिउन सकिन्छ ।

४. डेमलर ६२ः

यसलाई विश्वकै महँगो ह्विस्की मानिएको छ । यो यति महँगो छ कि हालसम्म यसको केवल १२ बोतल मात्रै बनाइएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी भएको बताइएको छ ।

५. पेनफोल्ड्स एम्पुलः

यो सबैभन्दा महँगो रेड वाइन हो । कलमको आकार जस्तो देखिने बोतलमा राखिएको यो रक्सीको मूल्य १ करोड ७७ लाख रुपैयाँ पर्न जान्छ ।

यो खबर आजको कारोबार दैनिकले एजेन्सीको सहयोगमा बनाएर प्रकाशित गरेको छ ।