मङ्सिर ३०, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति साँढे दश बजे उनको उनको निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनको कारण भने खुलेको छैन । निर्माता एवं कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । डेढ एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीस वर्षदेखी चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले सयौं चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन
Leave a Comment