2026-11-02 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौध मृतकमध्ये १२ को सनाखत (नाम/ठेगाना सहित)

मङ्सिर २९, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।

दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उहाँकी श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गङ्गामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष सात की सबना तामाङ, सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, वर्ष २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ ।

बाँकी दुईको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते चारको काभ्रेको धुलिखेल र १४ घाइतेको ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्राथमिक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र सिफारिस गरिएको अस्पतालले जानकारी दिएको हो ।

मृतक सबैको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो । ह्याम्स अस्पतालमा लगिएका बिरामीको अवस्था गम्भीर रहेको र दुईको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिनुभयो ।

अन्य घाइतेको पनि चिकित्सकको ठूलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिनुभयो । कालिञ्चोक तीर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस आज बिहान साढे ७ः०० बजे लामोसाँघु जिरी सडकखण्डको छ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शी जानकारी दिएका छन् ।

लामोसाँघु जिरी सडकखण्डको छ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । घाइते दीपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिनुभयो । यस अघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाति गाउँपालिका–१० बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ को मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए । साथै पछिल्लो पटक कात्तिकमा दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ को मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द