Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बच्चा बोकेकी महिलामाथि लाठी हान्ने इन्स्पेक्टर इन्चार्जबाट हटाइए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १८, काठमाडौँ |</b> बच्चा बोकेकी महिलालाई लाठि हान्ने प्रहरी इन्स्पेक्टरलाई इन्चार्जबाट हटाइएको छ | गत बिहीबार भैंसेपाटीस्थित भिड नियन्त्रण लिनेक्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलामाथि लाठि हानेका हुन् |<br></p><p>नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो | उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो |</p><p>छानबिन टोलीले शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइसकेको छ | उनलाई जावलाखेलमा बोलाएर थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ |</p>