पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २१, काठमाडौं | नेपालबाट स्पेन फर्केका पर्यटकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ | नेपाल भ्रमण सकेर स्पेन पुगेका पर्यटकको कोरोना भाइरसको कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् |

तर नेपालमा हाल सम्म एक जना बाहेक अरुमा कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ | नेपाल भ्रमणबाट फर्किएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गत फेब्रुअरी १३ मा मृत्यु भएको भ्यालेन्सियाको स्वास्थ्य अधिकारीले जनाएका छन् |

डेलीमेलका अनुसार ती व्यक्तिबारे विस्तृत केहि सार्वजनिक गरिएको छैन | स्पेनमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो | स्पेनमा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन |

यसअघि १७ जनामा कोरोनाको लक्षण देखिएको थियो |