आजको मौसम पूर्वानुमानः मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना

साझासवाल

फागुन २२, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखा काठमाडौँले आज विभिन्न स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको जानकारी दिएको छ ।

बिहीबार जारी भएको मौसम पूर्वानुमानका अनुसार आज देशभरी पश्चिमी र स्थानीय वायुको प्रभाव रहनेछ ।

महाशाखाका अनुसार हाल देशको पहाडी क्षेत्रमा बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुनेछ ।

पश्चिमी भूभागका केही क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।

यता, मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

आज राति, देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी र मध्यका केही क्षेत्र र पूर्वी पहाडका केही स्थानमा  मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।

Leave a Comment

Leave a Reply