थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

साझासवाल

साउन १२, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा हालसम्म ४८ जनाको मृत्यु भएको छ ।

४८ औं मृतक बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुष रहेका छन् । उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमित मध्ये १३ हजार ७५४ जना कोरोना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका थिए ।

Leave a Comment

Leave a Reply