2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

साउन ३०, काठमाडौँ | नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गरी ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि पत्रकार बानियाँको असामयिक मृत्यु भएको भन्दै यसबारे उब्जिएका आशङ्काको छानबिन गर्न माग गरेको हो । 

“तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बानियाँ मकवानपुरको एउटा जलविद्युत् आयोजनामा भेटिनु र सनाखतसमेत फोटोको माध्यामबाट गरिनुले प्रश्न उब्जाएको छ”, विज्ञप्तिमा भनिएको छ । मुलुकमा व्याप्त बेतिथी र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई ट्रेड युनियन काँग्रेसले सामान्य मान्न नसकिने बताएको छ । 

ट्रेड युनियन काँग्रेसले पत्रकार बानियाँको निधनसँग जोडिएका सबै प्रश्न र आशङ्काको खोज तथा अनुसन्धान गरी सत्यतथ्य उजागर गर्न सरकारसँग माग गरेको छ । ट्रेड युनियन काँग्रेसले मृतक बानियाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक