Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति

२०७७, ३० श्रावण शुक्रबार ०३:५३

साउन ३०, म्याग्दी | म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पुर्याएको छ । 

कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा परेका छन् । धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर जलजला गाउँपालिका–७ मिलनचोक स्थित १४ नम्बरको टावर ढलेको छ । नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ । 

टावर ढल्दा रु तीन करोड ५० लाख बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो । थप चार वटा टावर पहिरो र कटानका कारण जोखिममा परेका छन् । जलजला गाउँपालिका–२ टमिलाखर्कको टावर जोखिममा परेको छ । “महभिर, धिरच्याङ र दाना सवस्टेशन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भैरहेको छ”, आयोजनाका सहायक निर्देशक लक्षमण फुँयालले भन्नुभयो, “सवस्टेशनमा थप कटान हुन् नदिन संरक्षणको योजनाका लागि बोलपत्र आह्वान भइसकेको छ ।”

प्रसारण लाइनको टावर वरपरका क्षेत्रमा निर्माण गरिएका सडकका कारण क्षति भएको आयोजनाले जनाएको छ । सडक विस्तारका लागि खनिएको माटोको व्यवस्थापन नहुनु, भत्काएको ठाउँमा संरक्षण नभएका कारण प्रसारण लाइनमा असर पुगेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि शुरु गरेको ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । ११४ वटामध्ये पोखरे बगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको छ । रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको आयोजनाअन्तर्गत दाना र खुर्कोटको सवस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन लागिएको हो । दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रसारण लाइन र सवस्टेशनसमेत निर्माण शुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो