2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमद्वारा एसईईका विद्यार्थीहरुलाई आकर्षक प्याकेजसहितको बिशेष अफर सार्वजनिक

 भदौ २, काठमाण्डौ । नेपाल टेलिकमले एसईई का विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । 

एसईईमा सहभागी विद्यार्थीलाई टेलिकमले निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क दिनेछ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत टेलिकमले गरेको छ । 

विद्यार्थीहरुले नयाँ सिम लिनका लागि एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन अनुसार सिम्बोल नम्बर र जन्ममिति (विक्रम संवत्)  उल्लेख गर्नुपर्छ । 

नयाँ सिममा ५० रुपैयाँ वा त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । 

उनीहरुलाई नयाँ लिइएका सिम कार्ड एक्टिभ भएपछि विद्यार्थी रजिस्ट्रेशन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र पाँच वटा एसएमएस गर्न तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक तीन हजार एमबी डाटा, तीन सय ५० मिनेट टक टाइम र एक सय ५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । 

यो बोनस बापत पाइएको सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेक पटक रिचार्ज गरेपछि प्राप्त हुने सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा प्रमुख ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी त्यही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफरसहितका सिम अहिलेलाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।  

कम्पनीले एसईईका विद्यार्थीहरुका लागि निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिम कार्डमा मागअनुसार स्वतः ई–शिक्षा प्याकेजसमेत उपलब्ध गराउनेछ ।

यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ  ।  

विद्यार्थीहरुले कोरोनाको कारण कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याक उपलब्ध गराइनेछ । 

यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट *१६००# मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्नुपर्दछ । 

त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा त्यो सिमलाई विद्यार्थी सिमका रुपमा रजिस्ट्रर गर्दछ । यसरी रजिस्ट्रर भएका सिम कार्डबाट विद्यार्थी रजिस्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक