2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा थप एक सङ्क्रमितको मृत्यु

भदौ २, काभ्रेपलाञ्चोक (रासस) । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

प्लाज्मा थेरापीमार्फत कोरोना भाइरसको उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्युभएको धुलिखेल अस्पतालले जनाएको छ । बृद्ध पछिल्लो समय परिवारका साथ बानेश्वर बस्दै आउनुभएको नपा–७ का वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार ९८ औँ जन्मदिन मनाउन धुलिखेल आएको अघिल्लो दिन अर्थात् साउन २८ गतेनै उहाँलाई धुलिखेल अस्पताल लगिएको थियो ।

 यससँगै काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि गत साउन २६ गते कोरोना सङ्क्रमणबाट पाँचखाल नपा–२ को एक ५० वर्षीया महिलाको काठमाडौँस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

बृद्धलाई कोरोना देखिएलगत्तै उहाँसँगै बस्ने छोरा र बुहारी कोरोना सङ्क्रमण देखिएपछि दुबै जना काठमाडौँमा उपचाररत रहेको बताइएको छ । उक्त परिवारमा १२ सदस्य छन् । ती मध्ये थप सातलाई आज कोरोना सङ्क्रमण पुष्टी भएको हो । 

गत साउन २९ गते धुलिखेल अस्पतालमा उपचाररत बृद्धका साथ थप तीन बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरी बृद्ध तथा अन्य विरामीको सम्पर्कमा रहेको १२० चिकित्सक तथा स्वास्थ्कर्मीलाई क्वारेन्टिनमा राखिएको थियो । बृद्धको सम्पर्कमा रहेका तथा ४८ घण्टाभित्र सङ्कलन भएका १९० चिकित्सक स्वास्थ्यकर्मी रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको थियो ।

यसैबीच, आज बिहान काभ्रेपलाञ्चोकमा थप १३ जनाका कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज मृत्यु भएका बृद्धको परिवारको सात र धुलिखेल अस्पतालमा कार्यरत कार्यरत छ स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको हो । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

 काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण दर बढिरहेको पाइएको छ । सोमबार चारमा सङ्क्रमण देखियो भने आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा सङ्क्रमण देखिएको थियो । हालसम्म काभ्रेपलाञ्चोकका ९४ मा कोरोना सङ्क्रमण देखिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये दुईको मृत्यु भएको छ भने ३२ उपचारपछि घर फर्किएका छन् । बाँकी सङ्क्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् । पाँच बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको बनेपा नगरपालिकाले हाल थप ५० श्ययाको आइसोलेशन कक्ष व्यवस्थित गरिरहेको छ । 

पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ८७ पुरुष र १७ महिला बसेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९३८ पुरुष र १९२ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२० काभ्रेली घर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई