पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा भेटिए १६६ जना संक्रमित

साझासवाल

भदौ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमित भेटिएकाहरुको संख्या १६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौँमा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् । आजसम्म नेपालमा १८ हजार ६३१ जना निको भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ८०२६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ  ।

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको रातोपाटीलाई बताए ।

बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए।

मतक महिलामा मृर्गौला र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।   यसअघि कोराना बिशेष अस्पतालमा कपिलबस्तुका दुई जना र प्युठानका एक जनाको मृत्यु भएको थियो । आजको मृत्युसगै उक्त अस्पतालमा कोरोना संक्रमणबाट  ५ जनाको ज्यान गएको डा. थापाले बताए । मृतक दुबै जनाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।

Leave a Comment

Leave a Reply