पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ७, काठमाडौं ।</b> पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए । <br></p><p>उनका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ । </p><p>यस्तै पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ । </p>

