Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षाले उडान प्रभावितः फ्लाई दुबई लखनउ डाइभर्ट

२०७७, ६ आश्विन मंगलवार १५:२९

असोज ६, काठमाडौँ (रासस) । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो ।

निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ । यो एयरलाइन्स लखनउ डाइभर्ट भएको छ । नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको जनाइएको छ ।

निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश