रोल्पामा नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

साझासवाल

असोज ६, रोल्पा | रोल्पामा प्रहरीले नौ  किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई  पक्राउ गरेको  छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको  प्रहरी टोलीले  सोमबार बेलुका लागुऔषधसहित  दुई  महिला  पक्राउ  गरेको जानकारी आज दिएको हो ।

लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य  सूचनाका आधारमा जिल्ला  प्रहरी कार्यालय रोल्पाबाट  खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो । पक्राउ  पर्नेमा  थवाङ गाउँपालिका­२ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिनज्योति रोका र ४५ वर्षीया मुली  झाँक्री रहेको प्रहरीले जनाएको छ ।

बिनज्योतीले बोकी  ल्याएको झोलाभित्र प्लास्टिकको पोकाभित्र बाँधेको अवस्थामा चार किलो ९३५ ग्राम अफिमसहित  एक थान तराजु, विभिन्न दरका भारतीय सिक्का र पाँच ग्रामको फलामको  ढक  फेला परेको थियो भने मुलीले  बोकेको  झोलाबाट चार किलो ८८५ ग्राम अफिम फेला परेको प्रनि खड्काले जानकारी दिनुभयो । रासस

Leave a Comment

Leave a Reply