Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

२०७७, ११ आश्विन आईतवार ११:०५

असोज ११, काठमाडौँ (रासस) । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् । 

कूल २५.४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो । आयोजनाको कूल लागत रु चार अर्ब ५६ करोड रहेको छ । सोमध्ये रु तीन अर्ब ४२ करोड रकम ऋण लगानी हुनेछ । आयोजना गोरक्ष हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो । 

आयोजनामा प्रभु बैंकले रु एक अर्ब ८२ करोड, सञ्चय कोषले रु ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामा कूल लागतको २५ प्रतिशत अर्थात् रु एक अर्ब १४ करोड भने लगानीकर्ता  कम्पनी र सर्वसाधारणमार्फत उठाउने लक्ष्य राखिएको छ । 

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर रेनुप्रसाद पाण्डेय, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल तथा गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गर्नुभएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

आयोजनाले सुख्खायाममा ४१.६३ गिगावाट घण्टा र वर्षायाममा ९६.६३ गिगावाट घण्टा गरी कुल वार्षिक १३८.२६ गिगावाट घण्टा ऊर्जा  उत्पादन गर्नेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर भइसकेको छ ।

विद्युत्मा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यमा साथ दिँदै विद्युत् तथा ऊर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य बमोजिम विभिन्न ४० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश