Skip to content
Friday, July 17, 2026 Nepali Online Media

व्यवसायी चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १२, काठमाडौँ । </b>उद्योगी&nbsp; व्यवसायी चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष ढकाललाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।&nbsp;<br></p><p>जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् ।</p><p>ढकाल काठमाडौंको बसुन्धारास्थित घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका&nbsp; छन् । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र पछिल्लो केहिदिनदेखि सम्पर्कमा आएका व्यक्तिलाई आफनो परिक्षण गर्न तथा सर्तक बस्न समेत आग्रह गरेका छन् ।&nbsp;</p>