पढ्न करिब 1 मिनेट लाग्छ

असोज १२, काठमाडौँ | नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५१ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ७४२ जना निको भई फर्किएका छन्, यो संगै डिस्चार्ज हुनेको संख्या हालसम्म ५४ हजार ६४० पुगेको छ ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ जना रहेका छन् । यस्तै ६ हजार ३१० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसंगै नेपालमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या चार सय ८१ पुगेको छ ।