Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज उपत्यकामै १६३८ संक्रमित, नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १६, काठमाडौँ | गत २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।

यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन  र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।

यस अवधिमा  १४ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।