२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक: चिनियाँ विदेश मन्त्रालय

२०७७, ५ मंसिर शुक्रबार १५:२१

मङ्सिर ५, बेइजिङ (रासस/सिन्ह्वा) । प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो¥याएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चाताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आँफूले देशको नियम र कानूनको पालना गरेकोमा पश्चाताप नहुने बताउनुभएपछि चीनको प्रतिक्रिया आएको हो ।

ट्रुडोले एसिया प्यासिफिक आर्थिक सहकार्य (एपेक) को प्रमुख कार्यकारी अधिकृतसँगको वार्तामा भनेको कुरालाई लिएर चीनको प्रतिक्रिया आएको हो । ट्रुडोले भन्नुभएको थियो, “के म क्यानाडाले आफ्नो कानुनलाई पालना गर्दा पछुतो मानौँ । क्यानाडाले आफ्नो निकट सहयोगीसँगको लामो समयदेखि पालना गर्दै आएको सुपुर्दगी सन्धिको पालना गर्दा पश्चाताप गरौँ ? पक्कै पनि हुँदैन ।”  

झाओले प्रतिक्रिया दिनुभयो, “किन क्यानाडा मात्रैै एउटा यस्तो मुलुक भएको छ जसले सुपुर्दगी सन्धिलाई पालना गर्नुपर्ने ? किन अमेरिकाका सहयोगी अन्य मुलुकले यो जिम्मेवारीलाई मान्दैनन् ।”

किनकि उनीहरू अमेरिकाको भद्दा हस्तक्षेपमा सहमत छैनन् । उनीहरूले अमेरिकाको निजी स्वार्थ र सन्तुष्टिका लागि आफ्ना नागरिकको विपरितमा केही काम गर्दैनन् । 

मेङ वाङ झाउको मुद्दामा चीनको अडान निरन्तर स्पष्ट तथा एउटै रहेको झाओले बताउनुभयो ।

क्यानाडाले तथ्यलाई तोडमोड गरेको र वास्तविकतालाई लुकाएर क्यानाडेली नागरिकलाई नै गलत बाटोमा लान खोजेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ ।

हामीलाई थाहा छ, क्यानाडाका स्पष्ट तथा दूरदर्शी राजनीतिज्ञ, कानुनविद्, न्यायाधीश र पूर्व कुटनीतिज्ञहरूले खुला रूपले क्यानाडेली सरकारलाई मेङ वाङ झाउको मुद्दाबारे स्वतन्त्र निर्णय लिन माग गरिरहेका छन् । यसलाई क्यानाडेली नेतृत्वले बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै