Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रपतिसमक्ष थाइल्याण्ड, इजरायल र बङ्गलादेशका राजदूतहरुले ओहदाको प्रमाणपत्र प्रस्तुत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, काठमाडौँ (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।