Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मनकामना केबुलकार नियमित सञ्चालन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ३०, चितवन ।</b> मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो ।&nbsp;<br></p><p>यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार छ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।&nbsp;</p><p>महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उहाँले बताउनुभयो । दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।</p>