२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

२०७८, २ असार बुधबार ०२:२०

असार २, काठमाडौं । लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको  ७१ औँ  वार्षिकोत्सवका  अवसरमा  मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन  दिइएको हो । 

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई  कोरोना  (कोभिड–१९) सङ्क्रमणको दर कम  भएलगत्तै रोकिएका परीक्षा सञ्चालन  गर्नका लागि तयारी  अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उनले रोकिएका परीक्षा छिटो सक्नका लागि दुई÷तीन सिफ्टमा पनि  काम  गर्नुपर्ने  भएकाले  आवश्यक  सामग्री  र  जनशक्ति  चुस्त दुरुस्त रूपमा राख्नका लागि निर्देशन दिए ।

कोभिडको  अवस्थामा  परीक्षा  सञ्चालनसम्बन्धी  मापदण्डअनुसार  रोकिएका परीक्षा सञ्चालनको तयारी गर्न निर्देशन दिइएको हो । आयोगले यसअघि पनि मापदण्डअनुसार केही परीक्षा सञ्चालन गरेको थियो । 

आगामी परीक्षा सञ्चालन पनि मापदण्डअनुसार  गर्ने  सम्बन्धमा  छलफल  भएको हो । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कार्यालय  प्रमुखहरूले  परीक्षा  गर्न  सकिने  अवस्था  रहेको  आयोगलाई  जानकारी  गराएको बताए ।

आवश्यक  सामग्री,  जनशक्तिलगायत  सबै कुरा चुस्त दुरुस्त रहनुपर्ने सम्बन्धमा छलफल  केन्द्रित  रहेको  पनि  उहाँले  जानकारी  दिनुभयो  ।  परीक्षा  केन्द्र  तोक्नका  लागि  ठाउँको  अभाव हुनसक्ने भएको हुँदा  त्यसका  लागि  विद्यालय र क्याम्पससँग समन्वय  गर्ने  विषयमा  पनि  छलफल  भएको  उनले बताए ।

वार्षिकोत्सवका अवसरमा  आयोगले  तीन  जनालाई  उत्कृष्ट  कर्मचारी पुरस्कार प्रदान गरेको  छ  ।  आयोगमा  कार्यरत शाखा अधिकृत यमुना  सापकोटा,  कार्यालय  सहयोगी  सुकमान  तामाङ  र  दिपायल  कार्यालयका  नायब  सुब्बा  मानबहादुर  साउदलाई  पुरस्कृत  गरिएको  हो  ।  यसैगरी  आयोगले  सूचना  प्रविधिमा  काम गर्ने कम्प्युटर अपरेटर तीन जनालाई पनि सम्मानित गर्ने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी