२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

२०७८, १८ श्रावण सोमबार १५:४०

साउन १८, सोल (रासस) । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ । 

पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ ।

सुरु हुने भए तापनि यहाँको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो । मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन ।

दक्षिण कोरियाले हालसम्म ३४।९ प्रतिशत पहिलो र १३।५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ । आगामी सेक्टेम्बरको अन्त्यसम्म ७० प्रतिशत खोप लगाउने लक्ष्य पूरा हुने मन्त्रालयले बताएको छ ।

नेपालसहित तत्काल प्रवेशमा रोक लगाएका देशहरूमा भारत, दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बङ्गलादेश, ब्राजिल, सुरिनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र त्रिनिदाद र टोबागो छन् । 

मन्त्रालयका अनुसार पहिलो सेमेस्टरका लागि ३३ हजार ८२६ विदेशी विद्यार्थी कोरिया प्रवेश गरेका छन् । यो २०१९ को तुलनामा ८२ प्रतिशत कम हो । प्रवेश गरेकामध्ये हालसम्म २५५ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ