२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ जना महिलालाई श्रीलङ्का लगेर बन्धक बनाउने महिला जेल चलान

२०७८, १८ श्रावण सोमबार १५:४७

 साउन १८, काठमाडौँ  (रासस) । महिलालाई श्रीलङ्का पु¥याएर बेचबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ ।  

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का लगेर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी मुखियालाई काठमाडौँ जिल्ला अदालतको यही साउन १५ को आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको प्रहरीले जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले महिलाहरुलाई आकर्षक तलब हुन्छ भनी काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली हुँदै श्रीलङ्का पु¥याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पीडित महिलालाई राहदानी बनाउन लगाएर मुखियाले श्रीलङ्का पु¥याई बन्धक बनाएको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । बन्धक बनाएका महिलालाई श्रीलङ्का प्रहरीको सहयोगमा उद्धार गरिएको ब्यूरोले जनाएको छ । 

पक्राउ मुखियालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिएको प्रवक्ता द्विवेदीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ