2026-06-20 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामी

कात्तिक १४, बुटवल | रुपन्देहीमा बिरामी भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका–७ देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ ।

कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।

गत १९ असोज घटस्थापनाका दिन सैनामैना-८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्ति भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए । १९ असोजमा घटना भए पनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।

सैनामैना-७ का वडा अध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना-८ र कञ्चन गाउँपालिका–१ का गरी १४० जनाले पकाएर खाएका थिए ।

भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडा अध्यक्ष बेल्वासेले जानकारी दिए । उनले भने, 'भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ । उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौं भनि उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।'

बिरामी भैंसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन् । अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ । घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।

यसबारे नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेविज विरुद्धको पहिलो खोप दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ