2026-08-25 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकप: १८ वर्षपछि आज न्युजिल्याण्डलाई हराउला त भारतले ?

कात्तिक १४, काठमाडौं | टी-२० विश्वकपको दोस्रो खेलमा भारतले आज न्युजिल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ ७:४५ मा सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेका थिए ।

त्यसैले यो खेल एक हिसाबले क्वाटरफाइनल जस्तै बनेको छ । विजेता टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ भने हार्ने टोलीलाई अन्तिम चारमा पुग्न निकै कठिन हुनेछ ।  भारतले सन् २००३ यता न्युजिल्याण्डविरुद्ध कुनै पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन । यसकारण आज किवी टीमलाई हराएर भारत इतिहास लेख्न चाहन्छ ।

पछिल्लो एकदिवसीय विश्वकपको सेमिफाइनल (२०१९) र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल (२०२१) मा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । टी-२० विश्वकपमा दुवै टोली दुईपटक आमने सामने भएका छन् भने दुवैपटक न्युजिल्याण्डले जितेको छ । 

पाकिस्तानसँगको खेलमा न्युजिल्याण्डले पहिलो खेलमा ब्याटिङ अर्डरको प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर ४ जेम्स निशमले पाकिस्तानविरुद्ध खेलेनन् । यसले टोलीलाई चोट पुर्‍यायो । डेथ ओभर आइपुग्दा उनको क्रिजमा कुनै ठूलो फिनिसर थिएन । र हारको सामाना गर्नु परेको थियो । 

भारतका लागि हार्दिक पाण्ड्या फेरि खेलमा फर्किएका छन् । उनले चोटका कारण पाकिस्तानविरुद्ध फिल्डिङ गरेका थिएनन् । यससँगै कुनै एक बलरको दिन खराब भयो भने समस्या कम हुन्छ । 

न्युजिल्याण्डका अनुभवी खेलाडी मार्टिन गुप्टिलले बायाँ खुट्टाको औंलामा चोट लागेपछि पाकिस्तानविरुद्धको खेलमा फिल्डिङ गरेका थिएनन् । तर, भारतविरुद्ध उनले खेल्ने अपेक्षा गरिएको छ । जस कारण यी दुई टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । 

भारत भर्सेस न्युजिल्यान्ड: रेकर्ड र हेड टु हेड

१.भारत र न्युजिल्याण्डबीच हालसम्म कुल १६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवै टोलीले ८-८ खेल जितेका छन् । 

२.टी-२० विश्वकपमा न्युजिल्याण्ड भारतभन्दा अगाडि देखिन्छ। किवी टोलीले यस प्रतियोगितामा भारतलाई दुई पटक पराजित गरेको छ ।

३.रोहित शर्माले न्युजिल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा बढी ३३८ रन बनाएका छन् ।

४.कप्तान केन विलियम्सनले भारतविरुद्धको खेलमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी ३२५ रन बनाएका छन् ।

५.किवी टोलीबाट इश सोधीले भारतविरुद्धको टी-२० खेलमा १७ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग