<p><b>मंसिर १९, काठमाडौं | </b>सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेका छन्।<br></p><p>जवान केसी पूर्वलडाकु हुन्। ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए। अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ।</p><p>विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको छ। मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो।</p>
सुन तस्करीमा सघाएको आरोपमा प्रहरी जवान पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

