2026-07-11 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कसरी छानिन्छन् प्रतिनिधि ?

2021-12-05

मंसिर १९, काठमाडौं | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनको तयारी गर्न माओवादी केन्द्रले प्रदेश कमिटीलाई परिपत्रसमेत पठाएको छ। राष्ट्रिय सम्मेलनमा माओवादी केन्द्रले करिब २ हजार प्रतिनिधि हुने जनाएको छ।

हालै बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रतिनिधि छनोटको सामान्य मापदण्ड समेत बनाएको छ। बैठकपछि सर्कुलर जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय विभागहरूबाट प्रतिनिधि चयनका लागि मंसिर मसान्तसम्म सबै विभागहरूको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुनेहरूको नाम पठाउन भनेका छन्।

माओवादीले केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि मनोनीत हुने प्रतिशत पनि घटाएको छ। यसअघि १० प्रतिशत मनोनीत गर्ने व्यवस्थालाई परिवर्तन गर्दै ५ प्रतिशतमा पुर्‍याएको छ। माओवादीले प्रत्येक प्रदेशबाट प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय गर्ने छ।

प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते/अपांगलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गर्नुपर्ने छ। प्रत्येक प्रदेशले मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित