<p><b>पुस १४, काठमाडौँ |</b> तनहुँको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छिन् । गत पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ।<br></p><p>चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए ।</p><p>सम्पर्कविहीन भएपछि उनको खोजीका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए । </p>
चर्च जान्छु भनेर हिँडेकी नीरमाया पाँच दिनदेखि सम्पर्कविहीन भएपछी…
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

