2026-10-16 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने देउवाको प्रतिवद्धता !

पुस  १४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने प्रतिवद्धता  जनाएका छन् । देउवाले सरोकारवाला तीन मन्त्रीसँग छलफल गरेर वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने आश्वासन दिएका हुन्। नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आवद्ध व्यवसायीहरूले नेपाली कांग्रेसका नवनिर्वाचित  सभापति देउवालाई बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् । 

एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल र महाधिवेशन प्रतिनिधिहरुले वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेका समस्याहरुको बारेमा प्रधानमन्त्री देउवालाई सविस्तारमा अवगत गराएका थिए । प्रधानमन्त्री देउवालाई उधृत गर्दै एसोसिएसन अध्यक्ष ढकालले व्यवसायीका समस्या सुनेपछि समस्याहरूका बारेमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र वैदेशिक रोजगारका अन्य सरोकारवाला पक्षसँग छलफल गरी सकेसम्म छिटो समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएको बताए ।

अध्यक्ष ढकालले एसोसिएसनका तर्फबाट आफुले नेपाली कांग्रेसकै सरकारको कार्यकालमा फ्रि भिसा फ्रि टिकट निर्णय गरिएको तर बिना गृहकार्य उक्त निर्णय आएका कारण सुन्दा लोकप्रिय र कर्णप्रिय लागेपनि कार्यान्वयमा लैजान नसकिएकोले समस्या भएको र तत्काल त्यसलाई परिमार्जन गरेर भारत, पाकिस्तान र श्रीलंकासहित दक्षिण एशियाली देशहरूको जस्तो प्रावधान लागू गरिनुपर्ने माग राखेको बताए । 

कामदार पठाए बापत लिने सेवा शुल्क अव्यवहारिक रहेको कारणले व्यवसायीले कर तिर्न समस्या रहेको र त्यसले राष्ट्रलाई नै समस्या पारेकाले कामदारको एक महिनाको तलब बराबरको रकम सेवा शुल्क लिने व्यवस्था गरेर सहजरूपमा कर तिर्ने वातावरण बनाइदिनु पर्ने र कोरोनाका कारणले व्यवसाय सञ्चालन हुन नसकेकोले व्यवसायीले राखेको धरौटीबाट कम्तीमा २५ लाख रूपैयाँ केही समयका लागि व्यवसायीलाई तत्काल दिने व्यवस्था गर्न माग गरिएको पनि अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु