Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फोनबाट ज्यान मार्ने धम्की दिने पदम पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २३,काठमाडौँ |</b> विभिन्न मोबाइल नम्बरहरूबाट फोन तथा&nbsp; म्यासेज गरी २० लाख माग गरेको आरोपमा प्रहरीले संजीव&nbsp; नामले चिनिने पदम काफ्लेलाई पक्राउ गरेको छ ।<br></p><p>मागेको रकम नदिएमा ज्यानसमेत लिने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले बारा निजगढ–११का २६ वर्षीय काफ्लेलाई बिहीबार कलंकीबाट पक्राउ गरेको हो ।</p><p>काफ्लेलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धान गरिने छ । उनलाई महानगरीय प्रहरी परिसरमा पठाइएकोमा जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको महाशाखाले जनाएको छ ।</p>