पुस २७, काठमाडौँ  | पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौँ  | पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । <"/>
२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिडियाखाना अवलोकनमा स्वास्थ्यमापदण्ड अनिवार्य

२०७८, २७ पुष मंगलवार १०:४६

पुस २७, काठमाडौँ  | पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । 

चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढदै गएकाले स्वास्थ्यसुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो ।  अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ ।   

आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिनेछ ।  स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।  

उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई रु १०००, सार्क राष्ट्रका पाहुनालाई रु ५००, नेपालीलाई रु २००, विद्यार्थीलाई रु १३५ र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गर्नुभएको हो । विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै