कोरोना बढेपछि सार्वजनिक यातायातमा यी नियम अनिवार्य

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस २७, काठमाडौँ | </b>कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक यातायातमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश दिएका छन्। ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो।<br></p><p>सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रूपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्ने लगायत आदेश पनि सिडिओहरूले गरेका छन्।</p><p>काठमाडौं उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले सार्वजनिक ठाउँमा २५ जना बढी भेला हुन नदिने निर्णय गरेको हो। यो निर्णय मध्यराति १२ बजेदेखि कार्यान्वयन हुनेछ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply