माघ ४, काठमाडौँ | विश्व मर्करीमुक्त दन्त चिकित्सा सञ्जालले Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | विश्व मर्करीमुक्त दन्त चिकित्सा सञ्जालले
2026-06-14
काठमाडौँ - KTM

मर्करीमुक्त दन्त चिकित्सा क्षेत्रमा योगदान पुर्याएबापत साह पुरस्कृत

माघ ४, काठमाडौँ | विश्व मर्करीमुक्त दन्त चिकित्सा सञ्जालले  विश्व मर्करीमुक्त दन्त चिकित्सा सञ्जालले नेपालमा मर्करीमुक्त दन्त चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहलाई पुरस्कृत गरिएको छ ।

अमेरिकाको वासिङ्टनडिसीस्थित सो सञ्जालले मर्करीमुक्त दन्त चिकित्सा एवं मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न प्रभावशाली भूमिका खेलेबापत उहाँलाई उक्त अद्वितीय पुरस्कार प्रदान गरेको हो । नेपाल ऐशियामै मर्करीमुक्त दन्त चिकित्सा सेवा उपलब्ध गराउने पहिलो राष्ट्र भएको छ । निकै सङ्घर्षशील एवं चुनौतीपूर्ण र वशौसम्मको लगातार प्रयास, पहल एवं अनुसन्धानमा आधारित पैरवीको फलस्वरुप नेपालको स्वास्थ्य क्षेत्रबाट घातक मर्करी उन्मूलन गर्न सकिएको कार्यकारी निर्देशक साहले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठनअनुसार मर्करी मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० रसायनमध्येको एउटा हो । मर्करीले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा हस, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती र शिशुको वृद्धि विकासमा अवरोध पु¥याउने चिकित्सक बताउँछन् । छाला समेतलाई पार गरेर शरीरको विभिन्न संवेदनशील र मस्तिष्क, फोक्सो, मिर्गौलाजस्ता महत्वपूर्ण अङ्गमा हानी पु¥याउँछ भने सालनाल पार गरी गर्भमा रहेको शिशुको शारीरिक, मानसिक र वौद्धिक विकासमा पनि अवरोध पु¥याउने गर्दछ । 

सरकारले गर्भवती र स्तनपान गराइरहेका तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः प्रतिबन्ध लगाउने, अन्य उमेरको हकमा विकल्प भएमा (मर्करी डेन्टल अमल्गमको प्रयोगमा) पाँच वर्षभित्र प्रतिबन्ध लगाउने, दन्त चिकित्सा अध्ययनअध्यापन गराउने विश्वविद्यालय तथा प्रतिष्ठानलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गर्ने र प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोग प्रतिबन्ध गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक