2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण घट्न लागेको हो ?

माघ ४, काठमाडौँ | एजेन्सी | छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। पछिल्ला १५ दिनमा भारतमा कोरोनाको संक्रमण फेरि तीव्र गतिमा फैलिइरहेको छ।

सन् २०२२ को पहिलो दिन २७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएकोमा जनवरी १५ मा एकैदिन २ लाख ७१ हजार मानिसमा संक्रमण भएको थियो। त्यसपछिका दुई दिनमा भने भारतमा संक्रमण घटेकोजस्तो देखिएको छ।

वर्ल्डोमिटरका अनुसार जनवरी १६ मा भारतभरि २  लाख ५८ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने सोमबार २ लाख ३८ हजारमा संक्रमण पुष्टि भएको छ।

दैनिक संक्रमित कम भए पनि भारतमा कोरोनाको संक्रमण घट्दो क्रममा रहेको भन्नचाहिँ मिल्दैन। टाइम्स अफ इन्डियाका अनुसारमा अहिले भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा छ भने सक्रिय संक्रमित पनि १७ लाख नाघेका छन्।

सोमबार भारतभर १७ लाख ३६ हजार सक्रिय संक्रमित थिए। यो संख्या पछिल्ला २३० दिनकै सबैभन्दा बढी हो।

संक्रमण बढेअनुसार भारतमा कोरोना संक्रमितको मृत्यु हुने दर भने बढेको छैन। एकैदिन २ लाखभन्दा बढी संक्रमित हुँदा पनि दैनिक मृत्यु भने पाँच सय नाघेको छैन।

पहिलो पटक ओमिक्रोन भेरियन्ट पत्ता लागेको दक्षिण अफ्रिकामा दुई सातामा ‌ओमिक्रोनको लहर ओह्रालो लागेको थियो।

नोभेम्बर अन्तिमतिर बढ्न लागेको संक्रमण डिसेम्बर दोस्रो साताबाट घट्न लागेको थियो। दक्षिण अफ्रिकाको सरकारले ठूलो क्षतिबिनै ओमिक्रोनको लहर पार गरेको बताएको थियो।

दक्षिण अफ्रिकामा जस्तै भारतमा पनि ओमिक्रोनको लहर दुई सातामै ओह्रालो लागेको हो कि होइन भन्ने अहिले यकिन छैन।

कोरोनाको संक्रमण एक-दुई दिन घटेर फेरि बढ्न पनि सक्छ। दोस्रो लहर चल्दा भारतमा यस्तो ट्रेन्ड देखिएको थियो।

२०२१ को अप्रिल ३० मा ४ लाख २ हजार संक्रमित थपिएका थिए भने मे महिनाको एक-दुई दिन संक्रमण केही घटेजस्तो देखिएको थियो। केही दिनमा फेरि संक्रमण बढ्न थालेको थियो र मे ६ मा एकैदिन ४ लाख १४ हजार संक्रमित थपिएका थिए। भारतमा एकैदिन सबैभन्दा धेरै संक्रमित थपिएको त्यही दिन हो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई