2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार माग्यो बेरोजगारको सूची, सय दिनको रोजगारी पाउन कसरी दिने आवेदन ?

फागुन २६, काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि सरकारले आवेदन माग गरेको छ । बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउनका लागि भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो ।  

सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको थियो ।

रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ ।

आवेदक निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्ने छ । रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानविन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नु पर्ने छ भने । त्यस्ता आवेदकलाई कम्तिमा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ । रोजगारीको हक मौलिक हकका रुपमा राखिएको छ । ‘प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभर आवेदन दिन सक्नेछन्,’ श्रम मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक