जेठ १६, काठमाडौं | काठमाडौं लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपीले बताए ।

घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । ‘खसेको जस्तो देखिएको छ, अन्य व्यक्ति भित्र प्रवेश गरेको देखिँदैन ।’

बसोमबार बिहान शव भेटिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरसहितको टोली पनि घटनास्थलमा पुगेको थियो । मृतक पन्तकी श्रीमती र छोरा थाइल्याण्डमा बस्दै आएका छन् ।

काठमाडौंमा घरको छतबाट खसेर एकजनाको मृत्यु
Leave a Comment