जेठ १६, काठमाडौं | आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा युवा लक्षित कार्यक्रमले प्राथमिकता पाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो सार्वजनिक गरेको बजेटमा युवा स्वरोजगारसम्बन्धी विविध कार्ययोजना समेटिएको छ ।

‘बिजनेस इनक्युवेशन सेन्टर’ मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम दिने बजेटमा उल्लेख छ । स्थानीय तह,बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ‘बिजनेस इनक्युबेशन सेन्टर’ मार्फत उद्यमशीलता तालिम दिइने भनिएको छ ।

त्यस्तै,स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीलाई नयाँ नीति बनाएर औध्योगिक सुरक्षामा परिचालन गरिने पनि अर्थमन्त्री शर्माले बताउनुभएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीमा भर्ना खुल्ला गर्दा ३ लाखको आवेदन परेको थियो । पछि छनौट प्रक्रियाबाट एक लाख युवायुवतीलाई भर्ना गरियो ।

४० दिन म्यादी प्रहरीको भूमिका निभाएको जनशक्ति चुनाव सकिएलगत्तै बेरोजगार भएको अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो । सरकारले घोषणा गरेको युवा स्वरोजगार कार्यक्रम लागू हुँदा लाखौँ युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने विश्वास लिइएको छ।

म्यादी प्रहरीलाई नयाँ नीति बनाएर औद्योगिक सुरक्षामा परिचालन गरिने
Leave a Comment