2026-09-28 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

जेठ १६, कायरो | एजेन्सी | इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।  साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए । 

                             Groom-to-be, 21, killed by stray bullet at engagement party in Egypt

गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ । विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ ।

तर, यस परम्परागत अभ्यास निकै खतरनाक मानिएको छ । विशेषतः भिडभाडयुक्त कार्यक्रममा हुने  आकस्मिक गोलीबारीमा धेरै मानिसहरूको मृत्यु हुनुका साथै केहीलाई गम्भीर चोटपटक लागेको छ । 

बेहुलीका साथी मोहम्मद युसुफले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘हामी एउटा ब्यूटी सैलूनमा गइरहेका थियौं, जहाँ दुलहीले आफ्नो मेकअप गरिरहेकी थिइन् र उत्सव मनाउन उनलाई एउटा कोठामा लैजान लागिएको थियो ।’तर, दुलही सैलुनबाट निस्कनुअघि मुस्तफा गोली लागेर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै