लमजुङमा छोरी बलात्कार आरोपमा बाबु पक्राउ

साझासवाल
1 Min Read

जेठ २४, लमजुङ | प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जानकारी दिए ।

आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए ।

प्रहरीका अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् ।

प्रारम्भिक बयानकै क्रममा उनले दुईपटकसम्म करणी गरेको स्वीकार गरेकाे अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

Leave a Comment

Leave a Reply