Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २४, बाँके | बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।