लाइसेन्स बनाउँदा थपियो अचम्मको कर

साझासवाल

असार ३, काठमाडौं | लाइसेन्सको ट्रायल दिने क्रममा आफुले गल्ती गरेको छैन भनेर त्यहाँ जडान भएको सिसिटिभी फुटेज चेक गर्न आवेदन दिँदा कर तिर्नु पर्ने भएको छ । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनले आवेदन दिँदा ५ सय रुपैयाँ दस्तुर तिर्नु पर्ने व्यवस्था गरेको हो ।

‘हरेक दिन जसो ट्रायल दिनेहरुले आफ्नो गल्ती नभएको र आफु पास भएको दावी गर्छन् । त्यसवाट हैरान भएर कर लगाउन सिफारीस गर्नु परेको हो । समस्या बुझेर सरकारले कर लगाएपछि भोलिका दिनमा यसरी किलचो गर्ने सेवाग्राहीले पैसा तिरेरै किचलो गर्दैनन् भन्ने आशा गर्न सकिन्छ’, यातायात कार्यालयका एक प्रमुखले भने ।

यसअघि कुनै पनि ट्रायल दिने परिक्षार्थी सिसिटिभी फुटेज हेर्न पाउँ भनि आवेदन दिँदा आवेदन दस्तुर तिर्नु पर्ने थिएन । तर, सेवाग्राहीले अनावश्यक किचलो निकाल्दै सिसिटिभी फुटेज चेक गर्न निवेदन दिन थालेसँगै यातायात कार्यालयहरुको सिफारीसमा प्रदेश सरकारले नयाँ कर निर्धारण गरेको हो ।

Leave a Comment

Leave a Reply