पढ्न करिब 1 मिनेट लाग्छ

असार ६, काठमाडौं | नेपाल वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडा बढाएको हो। हवाई इन्धनको मूल्य बढेकाले आन्तरिक उडानमा हवाई भाडा वृद्धि गरिएको संघले जनाएको छ।

नेपाल आयल निगमले आन्तरिकतर्फ हवाई इन्धन प्रति लिटर १९ रुपैयाँले वृद्धि गरेको छ। जस अनुसार, प्रति लिटर १८५ रुपैयाँ पुगेको छ।

हवाई इन्धनको मूल्य बढेकाले भाडा समायोजन गरिएको संघको भनाइ छ। संघले १७० देखि ८४० रुपैयाँसम्म भाडा बढाएको छ।

सबैभन्दा कम काठमाडौं-सिमरा १७० रुपैयाँ भाडा बढेको छ। यससँगै काठमाडौंबाट सिमराको भाडा चार हजार १९५ पुगेको छ।

सबैभन्दा बढी काठमाडौं-धनगढी ८४० रुपैयाँ बढेको छ। अब काठमाडौंबाट धनगढीको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ।

नेपाल वायुसेवा सञ्चालक संघले सार्वजनिक गरेको भाडादर :

पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै आजै सार्वजनिक यातायातको भाडा पनि बढेको छ। यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणाली अनुसार भाडा बढाएको जनाएको छ।

आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसको असर सबै क्षेत्रमा परेको छ।