पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार ६, काठमाडौं | </b>छिट्टै खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गरिने भएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयाेजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/c4bf83f3bfeda8bfd1a35a06655f21a31655726876.jpg" style="width: 873px;"><br></p><p>औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए । पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी गराएका हुन् । त्यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फेरिने उनले जानकारी दिए । हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन । हाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नाेक्सानी रहेको निगमले जनाएको छ ।</p>

