भदौ १६, काठमाडौँ | काठमाडौंको ठमेल स्थित गल्कोपाखामा एकजना व्यापारीलाई पछ्याएर चोरले ९ लाख ५२ हजार नगद चोरेका छन्। होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेका हुन्।

चोरीमा संलग्न आरोपमा प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ। भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनी व्यवसायीक चोर हुन्। आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ। तर, आरोपीले प्रहरीसँग भनेका छन्–‘पछ्याएको थिइँन्, त्यतिकै छिर्दा ठूलो परिमाणमा नगद भेटियो।’

घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए। आरोपीविरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए।

गल्कोपाखामा व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरी, आरोपी पक्राउ
Leave a Comment