2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’

भदौ २३, काठमाडौँ | नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ। १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका छन्। बलात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई हाल काठमाडौको बुढानीलकण्ठ नगरपालिकास्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाहेरीमा घटना भदौ ५ गते भएको भनिएको छ। उक्त दिन सन्दीपले बहिनीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाउन लगेको र राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक जबर्जस्ती करणी गरेको पीडित भनिएकी किशोरीका दाजुले दिएको जाहेरीमा उल्लेख छ। यसरी जाहेरी आएपछि प्रहरीले बुधबारदेखि नै अनुसन्धान थालेको छ।

अनुसन्धानका क्रममा सबैभन्दा पहिले पीडित भनिएकी किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लगेर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।


प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पीडित किशोरीसँग सन्दीपको चिनजान उनकै साथीमार्फत भएको देखिएको स्रोतले जनाएको छ। त्यसपछि उनीहरू सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मा जोडिएका थिए। स्न्यापच्याटमा कुराकानी बढ्दै गएपछि आफूहरू ‘इन्स्टाग्राम’ र ‘ह्वाट्सएप’मा पनि जोडिएको ती किशोरीले बयान दिएकी छन्। तर बढीजसो कुराकानी स्न्यापच्याटमा नै गर्ने गरेको किशोरीले बताएकी छन्। सोही क्रममा सन्दीपले भदौ ५ गते ‘नगरकोट घुम्न जाऔं’ भनेर बोलाएको बयान दिएको प्रहरी स्रोतले बताएको छ।

कुराकानीपछि दुवैजना नगरकोट घुम्न निस्किएको किशोरीको दाबी छ। घुमघामका क्रममा सन्दीपले आफ्नै गाडीमा राखेर होस्टेलसम्म छाडिदिने भन्दै जानाजान ढिला गराएको किशोरीको आरोप छ। सोही क्रममा भक्तपुरमै हुँदा खाजा खाने बहानामा लठ्याउनेगरी नशा (मदिरा) सेवन गराएको आरोप किशोरीले लगाएको प्रहरी स्रोतको भनाइ छ।

किशोरीको आरोपअनुसार यसरी होस्टेल जान पनि ढिलो हुने भएपछि सन्दीपले नै ‘होटलमा बसौं’ भनेर प्रस्ताव गरेका थिए। जसमा किशोरीले ‘दुई कोठा बुक गर्न’ भनेकी थिइन्। तर सन्दीपले ‘होटल प्याक रहेको’ भन्दै ‘एउटै कोठामा बस्नुपर्ने’ बाध्यता सुनाएका थिए।

त्यसपछि दुवैजना सिनामंगलको शम्भु मार्गस्थित ‘काठमाडौं इन’ होटेलमा गएका थिए। त्यहाँ कोठा नम्बर ३०५ मा बसेको ती किशोरीले बताएकी छन्। नशाको अवस्थामा आफूलाई सन्दीपले पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ। त्यो रातपछि सन्दीपले आफूलाई स्न्यापच्याट, इन्स्टाग्राम र ह्वाट्सएप सबैतिर ‘ब्लक’ गरेको ती किशोरीको बयान छ। ब्लक गरिएपछि मानसिक रूपमा विक्षिप्त अवस्थामा आफू पुगेको, साथीलाई घटनाबारे सुनाएको र घटना बाहिर आएको किशोरीको भनाइ छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ